९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दशैं अवधिमा मादक पदार्थ सेवन गर्ने ३५ हजारलाई कारबाही



१ कात्तिक । दशैँ अवधिभरमा ३५ हजार मानिस मादक पदार्थ एवं लागु पदार्थ सेवन गरेको आरोपमा कारबाहीमा परेका छन् । प्रहरी प्रवक्ता दानबहादुर केसीले अघिल्ला वर्षहरूको तुलनामा अन्य घटनाभन्दा धेरै मापसे र लापसे बढेको बताए ।

दशैँ जस्तो चाडपर्व सौहार्दपुर्वक मनाउने वातावरण बनाउदै गर्दा पनि लापरवाही गरिदिँदा कारवाही गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

अघिल्ला वर्षको तुलनामा सडक दुर्घटना घटेको छ । दुर्घटना नहोस् भन्नका लागि प्रहरी क्रियाशील रहेको उनले बताए ।

त्यस्तै अघिल्ला वर्षहरूको तुलनामा यो वर्षको देशैभरीको शान्ति सुरक्षा सामान्य रहेको केसीको भनाइ छ । यद्यपि मुलुकमा केही आपराधिक घटना घटेका छन् । नेपालगञ्ज, डडेलधुरा र रौतहटमा र काठमाडौंमा कर्तव्य ज्यानका घटना घटेका छन् । तर, अपराधीलाई प्रहरीले समयमै पक्राउ गरेर कानुनी दायरामा ल्याएको प्रवक्ताले जानकारी गराए ।

अर्को चोरीको घटना नभएको पनि प्रवक्ताले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ४ : ०५ बजे