२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हेटौंडा-फाखेल-सिस्नेरी सडक तीन दिन बन्द हुने



२ कात्तिक । मकवानपुरबाट कुलेखानी हुँदै काठमाडौँ जोडिने फाखेल र सिस्नेरी सडक तीन दिनको लागि बन्द हुने भएको छ ।

इन्द्रसरोबर गाउँपालिका-२ सिमखोलामा सडक मर्मत र होमपाइप हाल्ने काम सुरु भएकोले उक्त दुवै सडक तीन दिन बन्द रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कुलेखानी-फाखेल सडक बन्द भएको अवस्थामा कान्तिलोकपथ र त्रिभुवन राजपथको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : ११ बजे