७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नेपालले अमेरिकालाई दियो १ सय ७१ रनको लक्ष्य



कुशलले ९२ रन जोडे

४ कार्तिक । नेपालले अमेरिकालाई १ सय ७१ रनको लक्ष्य दिएको छ । कुशल नेपालले भुर्तेलको अर्धशतकमा छ विकेटको क्षति व्यर्होदै १ सय ७० रन जोडेको छ ।
अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा जारी टी २० क्रिकेटमा टस जितेर नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालका लागि कुशलले ९२ रन जोडे भने अनिल साहले ३१ बलमा २५ रन र आसिफ शेख एक रनमै आउट भएका थिए कुशलले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरेका हुन्
खेलको क्रममा गुल्सन झाले १२ बलमा १९ रन, कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडे । दिपेन्द्र सिंह ऐरी दुई रन र आरिफ शेख एक रन बनाउन सके ।
पहिलो खेलमा नेपालले अमेरिकालाई हराएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ५३ बजे