८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सहकारी ठगी सम्बन्धी संसदीय समितिको प्रतिवेदनअनुसार कारबाही सुरू भएको छ : मन्त्री गुरुङ



४ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार सरकारले कारबाही अघि बढाएको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले संसदीय समितिले बुझाएको प्रतिवेदनउपर सरकारले आवश्यक थप अनुसन्धानसँगै कारबाही अघि बढाएको बताए ।

पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरूले सरकारले लामिछानेलाई प्रतिसोधका आधारमा पक्राउ गरेको आरोप लगाइरहेका बेला मन्त्री गुरुङले सरकारले सर्वदलीय संसदीय समितिको प्रतिवेदनले कारबाही गर भनेका व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही थालिएको दाबी गरे ।

उनले सरकारका सय दिनका कामबारे सूचनाहरू संकलन भइरहेको र आफूले पनि सञ्चार मन्त्रालयको नेतृत्वमा रहेर प्रभावकारी कामहरू गरेको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ५ : ३६ बजे