७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सूर्यबिनायकमा जुवा खेलिरहेका पाँच जना पक्राउ



भक्तपुर
४ कात्तिक । भत्तलपुरको सूर्यबिनायकमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सूर्यबिनायक नगरपालिका ८ स्थित गणेश मन्दिर नजिकै जुवा (प्याचा) खेलिरहेको अवस्थामा मध्यपुरठिमी नगरपालिका–५ बस्ने ४० वर्षीय शिवराम श्रेष्ठ समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ६ : ३८ बजे