२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका बाढी प्रभावित समक्ष पुगेर मुख्यमन्त्री लामाले भने, ‘पुनःनिर्माणको काम अगाडि बढाइनेछ’



४ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बाढिपहिरोबाट प्रभावित भएका तर विपद सङ्कटग्रस्त क्षेत्र घोषणा हुन बाँकी स्थानीय तहलाई छिट्टै राहत सामग्री वितरण, पुनःस्थापना र पुनःनिर्माणका काम अगाडि बढाइने बताएका छन् ।
आज ललितपुर महानगरपालिका–७, ८, ९ र १७ का साथै महालक्ष्मी नगरपालिका–९ लामाटार र १० लाँकुरीभञ्ज्याङ, मानेदोवान क्षेत्रमा बाढिपहिरोले पु¥याएको क्षतिको निरीक्षण गर्दै उनले प्रदेश सरकारले छुटेका ठाउँलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर आवश्यक काम अगाडि बढाउने बताए ।

क्षतिको मूल्याङ्कन गरेर विपदग्रस्त क्षेत्र घोषणा गरिने मुख्यमन्त्री लामाको भनाइ थियो । “यसअघि केन्द्रीय सरकारले पठाएको विवरणका आधारमा तत्कालै विपद्ग्रस्त घोषणा गरिएको छ, काठमाडौंको दक्षिणकाली र ललितपुरको महालक्ष्मी नगरपालिकालगायत आठ वटा पालिका छुट्न गएकाले स्थलगत निरीक्षण गरेर मूल्याङ्कनका आधारमा छुट भएका स्थानीय तहलाई विपदग्रस्त घोषणा गरी राहत सहयोग, पुनःस्थापना र पुनःनिर्माणको कामलाई अगाडि बढाइनेछ”, उनले भने

निरीक्षणका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य उर्मिला केसी, ललितपुर क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोबिन्दप्रसाद लम्साल, नेपाली कांग्रेसका ललितपुर क्षेत्र नं २ का सभापति महेश खड्कालगायतका उपस्थिति रहेको थियो ।

यसैबीच महालक्ष्मी नगरपालिका–९ का वडाअध्यक्ष जयकृष्ण बोगटीले वडाभित्र भएको क्षति, राहत, पुनःस्थापना र पुनःनिर्माणका क्षेत्रमा गर्नुपर्ने कामको विवरण र आवश्यक बजेटको माग गर्दै मुख्मन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । यस्तै, वडा नं १० का अध्यक्ष विजय लामाले पनि वडाभित्र भएको क्षति, राहत सहयोग, पुनःस्थापना र पुनःनिर्माणका क्षेत्रमा गर्नुपर्ने कामहरूका लागि ज्ञापनपत्र पेस गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।