२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरबाट नगद र सुन चोरेको आरोपमा ६ जना पक्राउ



५ कात्तिक । काठमाडौँको कीर्तिपुरबाट नगद र सुन चोरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

आरोपीहरूले असोज ३० मा कीर्तिपुरस्थित सिता पौडेलको घरबाट सुन र नगद चोरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ घर भएका २९ वर्षीय गोविन्द परियार, डोटी घर भएका ३० वर्षीय सुरेश नेपाली, धादिङ घर भएका २६ वर्षीय निशान ढुंगाना, ४१ वर्षीया गिता ढुंगाना, नुवाकोटका श्याम बहादुर सुनार र मकवानपुर घर भएका सुरज श्रेष्ठ ‘ओखरे’ छन् ।

उनीहरू असोज ३० मा साँझ ६ बजेतिर चोरी गरेर फरार भएका थिए । आरोपीहरूको साथबाछ ३९ ग्राम सुन र १ लाख २० हजार नगद बरामद गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।