७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अध्ययन समितिलाई गौशालाको आय–व्ययदेखि फैसला अध्ययनसम्मको जिम्मेवारी



६ कात्तिक । पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन गरी प्रतिवेदन पेस गर्न ६ सदस्यीय अध्ययन समितिलाई गौशाला धर्मशाला स्थापनादेखिको अवस्थादेखि अदालतबाट भएका आदेश तथा फैसला कार्यान्वयन अवस्थासम्म अध्ययन गर्ने जिम्मेवारी पाएको छ।

संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् संस्कृति महाशाखाका प्रमुखको अध्यक्षतामा ६ सदस्यीय अध्ययन समिति गठन भएको हो। समितिका सदस्यहरूमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्त्व विभागका उपसचिव र यस मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहेका छन्।

मन्त्रालयद्वारा गठित समितिले गौशाला धर्मशाला स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, गौशाला धर्मशालाको आय व्ययको विवरण, लेखा परीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएका सेवाको प्रकृति तथा अवस्थाको अध्ययन गर्ने कार्यादेश पाएको छ।

समितिले अदालतबाट विभिन्न समयमा भएका आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन र विभिन्न समयमा गठन भएका समितिका प्रतिवेदनको पनि अध्ययन गर्ने भएको छ।

मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोष परिषद्का निर्णय तथा निर्देशन कार्यान्वयनको अवस्था, गौशाला धर्मशाला रहेको जग्गाको स्वामित्वको अवस्थाका विषयमा अध्ययन गर्ने छ। समितिलाई ३० दिनभित्र यथार्थ विवरण सहितको प्रतिवेदन बुझाउन भनिएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ५ : ३३ बजे