७ कात्तिक । बलात्कार र गर्भपतन मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको बागचौर घर भएर कीर्तिपुर बस्ने ३५ वर्षीय रामचन्द्र केसी छन् ।
उनलाई कीर्तिपुर स्थित पाँगाबाट पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले बताए । बलात्कार र गर्भपतन मुद्दामा उच्च अदालत सुर्खेतले उनीविरुद्ध १२ वर्ष ६ महिना कैद र पाँच हजार जरिवाना हुने ठहर गरेको छ । २०८१ वैशाखमा भएको सो फैसलापछि उनी फरार थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
७ कार्तिक २०८१, बुधबार
152
Shares
प्रतिक्रिया