७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर एमालेद्वारा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण



७ असोज । नेकपा एमाले ललितपुरले बाढीपहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन सरकारसँग आग्रह गरेको छ ।
जिल्ला कमिटीका पदाधिकारीहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।

मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारी रुपमा खोज, उद्धार र राहतका काम गरेको उल्लेख गर्दै अबका दिनमा ललितपुरसँग जोडिएका राजमार्ग, ठूला सडक, विद्युत् र सञ्चारका संरचना पुनःसञ्चालन तथा मर्मतका लागि पहल गरिदिन जिल्ला कमिटीले प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेको छ ।

जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपद्‌बाट जिल्लामा ४६ जनाको मृत्यु, पाँच जना बेपत्ता तथा १८ जना उपचाररत रहेको सो अवसरमा जानकारी दिए । बाढीपहिरो र डुबानबाट जिल्लामा २ सय १२ परिवार विस्थापित भएको उनले बताए । ललितपुरको पुनः निर्माणका लागि कम्तीमा तीन अर्ब बजेट विनियोजन गर्न अध्यक्ष आचार्यले प्रधानमन्त्री ओलीसमक्ष माग गरे ।

ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री ओलीले सरकारले खोज, उद्धार र राहत तथा पुनः व्यवस्थापनका काम प्रभावकारी रुपमा गरिरहेको उल्लेख गर्दै गत वर्ष जाजरकोटमा गएको भूकम्पबाट प्रभावितको दोस्रो किस्ता बाँकी रहेको अवस्थामा वर्तमान सरकारले निकासा दिन थालेको जानकारी दिए ।

उनले हुँदै नभएका कमजोरीलाई पनि कमजोरी देखाएर गलत प्रचार गर्ने शैली अपनाउन नहुनेमा जोड दिए ।सो अवसरमा एमाले वागमती प्रदेशका इञ्चार्ज डा राजन भट्टराई, केन्द्रीय सदस्यहरु सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, रुपनारायण श्रेष्ठ, वागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत सहभागी थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ४ : २९ बजे