७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरले बाढी प्रभावित ६ वटा पालिकालाई साँढे तीन करोड रुपैयाँ राहत दिने



७ कात्तिक । ललितपुर महानगरले बाढी प्रभावित ६ वटा पालिकालाई साँढे तीन करोड राहत सहायता रकम दिने भएको छ ।

ललितपुर महानगरको बुधबार बसेको कार्यपालिका बैठकले ललितपुर जिल्लाका गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका , महाकांल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई ५०/५० लाख दिने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले दक्षिणकाली नगरपालिकालाई एक करोड दिने निर्णय गरेको छ । असोजको दोस्रो साता गएको बाढी पहिरोबाट यी पालिकामा धेरै जनधनको क्षति भएको । भौतिक पूर्वाधार भत्किएका छन् । पानीको मुहानमा अवरोध पुगेको छ । पानीको पाइप भाँचिएका, परिएका र थिचिएका छन् ।

ललितपुर महानगरद्धारा जारी विज्ञप्तिमा भनिएको छ , ‘विपद व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौं ।’ ललितपुरको दक्षिण भेगमा अवस्थित गोदावरी नगरपालिका, महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई संघीय सरकारले विपद् संकटग्रस्त पालिका घोषणा गरेको छ ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले अभिभावकत्व ग्रहण गर्दै अप्ठ्यरो परेको बेलामा सहयोग गरेको बताए । उनले भने, ‘यो सहयोगले बिग्रिएका,भत्किएका संरचना पुनर्निर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ । ’

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ४० बजे