८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मीनभवनमा निर्माणाधीन घरको ४ तलामाथिबाट खसेर एक मजदुरको निधन



८ कात्तिक । काठमाडौंको मीनभवनमा घरको छतबाट खसेर एकजना कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका- ३ का ४२ वर्षीय दिलबहादुर भुजेल रहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

काठमाडौं महानगरपालिका–३१ आलोकनगरमा स्थानीय भिटु श्रेष्ठको निर्माणाधीन घरको चौथो तलाबाट आज बिहान साढे सात बजे खस्दा उनको मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाइते भएका भुजेलको तुरुन्तै नजिकै रहेको सिभिल अस्पतालमा लगिएको थियो। उपचारका क्रममा बिहान पौने ८ बजे उनको मृत्यु भएको हो । मृतक भुजेलको शव हाल सिभिल अस्पतालमै राखिएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ११ : २७ बजे