८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जुवातास खेल्दै गरेको अवस्थामा ललितपुर लुभुबाट ७ लाखसहित १२ जना पक्राउ



८ कात्तिक । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठसहित १२ जना रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले बुधबार राति पक्राउ गरेको थियो ।

उनीहरुबाट नगद ७ लाख ३० हजार रूपैयाँ र ९ बुक तास बरामद भएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ४ : ३८ बजे