१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाली खेलाडीले जिते उसुको थाउलो विश्वकपमा ऐतिहासिक कास्य पदक



ललितपुर
११ कार्तिक । जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपाली खेलाडीले ऐतिहासिक काँस्य पदक जितेका छन् ।
थाउलोको पुरुष जेन्सु विधामा नेपालका विजय सिंजालीले ऐतिहासिक काँस्य पदक जितेका हुन् ।
उनले आइतबार विहान सम्पन्न प्रतिस्पर्धामा ९ दशमलब ६३६ अंक प्राप्त गर्दै काँस्य पदक जितेका थिए ।
सो स्पर्धामा मलेसियाका वेन सन वङले स्वर्ण तथा जापानका मोटो योसीले रजत पदक जिते ।
१८ औ र १९औ एशियन गेम्स सहभागी विजय सिंजालीले अन्तराष्ट्रिय आमंत्रित उसु प्रतियोगिता चाईनामा कास्य पदक जितेका खेलाडी पनि हुन् ।
१३ औ सागमा स्वर्ण पदक र १० औ राष्ट्रिय गेम्समा स्वर्ण पदक जितेका उनले रियादमा भएको वल्र्ड उसु कमब्याट गेम्समा पनि स्वर्ण पदक जितेका छन् ।
जपानमा रहेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले नेपालले ल्याएको काँस्यपदक उसु खेलको इतिहासमै ऐतिहाँसिक भएको बताए । उनले यो नतिजाले २०२६ मा जापानमा हुने ऐशियाली खेलकुदका लागि राम्रो परिणाम दिने प्रतिक्रिया दिए ।
टोकियोस्थित योकोहा शहरमा कात्तिक ७ देखि सुरु प्रतियोगितामा सहभागी ५ खेलाडी मध्ये अरु ३ खेलाडीको आजै प्रतिस्पर्धा छ ।
खेलाडीहरु दीपक हमाल, पासाङ शेर्पा र राजिव तामाङले आइतबारै प्रतिस्पर्धा गर्नेछन् ।
शनिबार महिला नान्डोको प्रतिस्पर्धामा नेपाली खेलाडी निमा घर्तीमगरले ५ औँ स्थान ल्याइन्

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।