१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मिनबहादुरले एमालेलाई दिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश



१२ कात्तिक । सर्वोच्च अदालतले एमालेले व्यापारी मिनबहादुर गुरुङबाट दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

ज्ञानबहादुर बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार सुनुवाइ गर्दै तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।

राज्यका निकायहरूबाट विभिन्न मुद्दामा दोषी ठहर भएका गुरुङसँग सत्तारुढ दलले जग्गा लिएकोमा विरोध भइरहेको छ । एमालेले सहयोग लिन कुनै बाधा नपर्ने भन्दै गुरुङकै बचाउ गरिरहेको छ ।

एमालेले बल्खुको मित्रनगरमा व्यापारी गुरुङबाट जग्गा लिएको थियो । उक्त जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरुङले भवन शिलान्यास समेत गरेका थिए ।

 

 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।