८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं बत्तिसपुतलीको घरमा झिलिमिलि बत्ती सझाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु



काठमाडौं
१२ कात्तिक । तिहारका लागि झिलिमिलि बत्ती सझाउने क्रममा काठमाडौं बत्तिसपुतलीको घरमा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित सुर्यकुमार बरालको घरमा काम गरी बस्ने कैलाली भजनी नगरपालिका–४ घर भएका २८ वर्षीय पवन चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
उक्त घरमा झिलिमिली बत्तिले घर सजाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।