२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मेयर बालेनले मिलाए काठमाडौंका ४६ ठाँउमा तिहारमा विक्रि स्थल, प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध



 

कसैले लुकिछिपी प्लाष्टिकका फूल विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने

१३ कार्तिक । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न ४६ स्थानमा बिक्रि स्थलको प्रबन्ध गरेको छ ।
महानगरका मेयर वालेन शाहका अनुसार यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरिएको हो । उनका अनुसार प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको हो ।

 

दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरिएको

गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुने उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर जानकारी दिएका छन् । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ।
स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सकिने उनको भनाई छ । यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ ।
जानकारीका लागि काठमाडौं महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल सकिनेछ । वा नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा कल गरेर थप जानकारी लिन सकिनेछ ।
मेयर बालेनले व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनु हुन अनुरोध समेत गरेका छन् । यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उनको भनाई छ ।
निशुल्क फूल बिक्रि गर्न पाइने स्थान ः

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १० : ४७ बजे