१३ कार्तिक । आज सुन मूल्य प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँ पुगेको छ । साथै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गर्दै बृद्धि भएको हो । पछिल्लो समय निरन्तर बृद्धि हुँदै आएको सुनको मूल्य हिजो एक लाख ६७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक हजार एक सय रूपैयाँले बृद्धि भएको हो ।
आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय पाँच रूपैयाँ पुगेको छ ।
सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रूपैयाँमा कारोबार भएको थियो।
संघका अनुसार आज चाँदी प्रतितोला ४० रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुन र चाँदीको मूल्यबृद्धि भएपछि त्यसको असर नेपाली बजारमा परेको हो ।
प्रतिक्रिया