८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विष्णुमती करिडोरबाट स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ



१३ कात्तिक । प्रहरीले स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुको टोलीले डल्लुस्थित विष्णुमती करिडोरबाट काठमाडौं महानगरपालिका–८, पशुपतिका २५ वर्षीय अभय प्रधानलाई पक्राउ गरेको हो ।

नियमित चेकिङमा रहेको प्रहरीको टोलीले सोमबार जाँच गर्दा प्रधानले चलाएको प्रदेश ०२–०३१ प ५१४८ नम्बरको स्कुटरको डिकीबाट स्रोत नखुलेको रकमसहित उनलाई पक्राउ गरेको हो । प्रधानलाई मंगलबार थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ४ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।