९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पर्खाल भत्किएर मजदुरको मृत्यु



बरहथवा (सर्लाही)
१८ कात्तिक । सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर एक मजदुरको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् ।
बरहथवा नगरपालिका–७ मा राजनारायण साहको निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा आज बसवरिया गाउँपालिका–३, बगलवाका १७ वर्षीय रविन माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक गौतम खड्काले जानकारी दिएका छन् ।
घाइते माझीको बरहथवा बजारस्थित भेनस अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा परेर बरवरिया गाउँपालिका–३, क्याम्प चोकका १९ वर्षीय विकास महतो घाइते भएका छन् । उनको बरहथवास्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।