२१ कात्तिक । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित कटुन्जेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२१ प ८१२७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी विमला प्रधानाङ्गको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।
६९ वर्षीया प्रधानाङ्गको उपचारको क्रममा बुधबार मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक रामेछापको सुनापति गाउँपालिका–५ घर भएका दीपक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया