५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ग्वार्काे ‘फ्लाई ओभर’ निर्माण अन्तिम चरणमा



२२ कात्तिक । ललितपुर ग्वार्काे चोकमा बनिरहेको ‘फ्लाई ओभर’ (ओभर पास) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। २०७९ मंसिर २३ शुक्रबारबाट सुरु भएको काम अन्तिम चरणतिर पुगेको हो।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर प्रभातकुमार झाले काम सकिने क्रममा रहेको जनाए।

ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित चक्रपथको ग्वार्काे, एकान्तकुना र सातदोबाटो चोकमा फ्लाई ओभर बनाउने योजना अघि बढाइएको थियो। त्यसमा पहिलो चरणअन्तर्गत ग्वार्काे चोकको फ्लाई ओभर निर्माण सुरु गरिएको थियो। नेपालको सडक सञ्जालअन्तर्गत बन्न लागेको यो पहिलो फ्लाई ओभर पुल हो।

आयोजनाको ठेक्का आरसी, समानान्तर र रेलिग्रेले पाएका थिए। समानान्तर जेभीका सञ्चालक अच्युत खरेलले निर्माण कार्य एकदुई महिनाभित्रै सकिने जानकारी गराए।

दसैं, तिहार र दुईदिने बेमौसमी वर्षाका कारण काम अलि ढिलाजस्तो भएको तर अहिले कामलाई तीव्रता दिइएको उनले बताए।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  १२ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।