१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


राजधानीबाट प्रहरी नै लुटपाटको आरोपमा पक्राउ



२२ कात्तिक । काठमाडौं उपत्यकामा हुने जघन्य र गम्भीर अपराध अनुसन्धानका निम्ति खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नै लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ । कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो खालको लेदरको पैसा लुटपाटमा उक्त कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढाको संलग्नता देखिएको हो ।

उनीहरू दुवैजनालाई महाशाखाको टोलीले पक्राउ गरेर थप अनुसन्धानका निम्ति बुधबार (हिजो) जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । काठमाडौं प्रहरी स्रोतका अनुसार, अनुसन्धान कार्यालयको कीर्तिपुर प्रहरी वृत्त (पीसीबी)मा कार्यरत उनीहरूले बिचौलियासँग मिलेर लेदरको पैसा लुटपाट गरेको खुलेको हो ।

पुरानो लेदरको पैसासहित रेस्टुरेन्टमा पुगेका युवकलाई हत्कडी लगाउन उनीहरूले बिचौलियालाई हत्कडी समेत दिएको खुलेको छ । त्यति बेला उनीहरू रेस्टुरेन्टबाहिर बसेका थिए । लेदरको पैसा लिएर आएका युवकसामु देखिएका थिएनन् ।

लेदरको पैसा लुट्न उनीहरूको टोलीले २५ लाख रुपैयाँमा ‘बार्गेनिङ’ गरेको खुलेको छ । पछि लेदरको पैसा लिएर रकम नदिई उनीहरू त्यहाँबाट भागेका थिए ।

लेदरको पैसा लिएर आएका युवक र ती बिचौलिया भने फरार छन् । उनीहरूको खोजी भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ६ : ४८ बजे