२२ कात्तिक । ललितपुर भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घटनाको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्ने भएको छ । ललितपुर प्रहरीको प्रस्तावमा सीआईबीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिइएको हाे ।
यसअघि सो घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरेको थियो । ललितपुर प्रहरीले पक्राउ परेका ४ जना आरोपीसहित अनुसन्धान फाइल सीआईबीलाई हस्तान्तरण गरेको छ । सो प्रकरणमा पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएकी भिमादेवी थापा, ताज मुल इस्लाम, धनकुटा घर भएर इटहरी बस्ने सुस्मा बिक र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन् । घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरुविरुद्ध संगठित अपराध र आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
आरोपीहरुले घर जग्गा व्यवसायीलाई हनिट्रयापमा पारेर ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भनेर रकम असुलेको आरोप छ । आरोपीहरुसँग मिलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत इन्स्पेक्टर विनु शाहीलाई निलम्बन गरिएको छ । उनीविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
प्रतिक्रिया