१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादीको निर्णय : मंसिर मसान्तभित्र पालिका सम्मेलन र खबरदारी सभा, केन्द्रीय समिति बैठक आह्वान



२६ कात्तिक । नेकपा माओवादी केन्द्रले मंसिर मसान्तसम्म पालिका सम्मेलन गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले मंसिर मसान्तभित्र पालिका सम्मेलन र खबरदारी सभा एकैपटक गर्ने निर्णय गरेको हो ।

कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गरेको माओवादी केन्द्रले यसअघि स्थानीय तहमा पनि खबरदारी सभा गर्ने निर्णय गरेको थियो । यस्तै बैठकले पुस २ गते केन्द्रीय समिति बैठक पनि आह्वान गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

सापकोटाले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेशले टुंग्याएको उम्मेदवारहरूलाई अनुमोदन गर्ने निर्णय भएको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ३ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।