९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रविसँग बुधबार पनि बयान लिइने



२७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान नसकिएकाले आज रुपन्देहीमै राखिएको छ। आज पहिलो दिन साँझसम्मै सरकारी वकिल कार्यायलमा बयान लिइएको र नसकिएकाले भोलि पुन: बयान लिइने रुपन्देही प्रहरीले जानकारी दिएको छ।

बयान सकिएपछि मात्रै कास्की पठाइने रुपन्देही प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्। बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम पुगेको विषयमा अनुसन्धानका लागि उनलाई कास्कीबाट आज रुपन्देही लगिएको हो।

कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनीमाथि अनुसन्धान जारी छ। सोही क्रममा रुपन्देहीमा समेत जाहेरी परेपछि उनीमाथि पक्राउ पुर्जीसमेत जारी भएको थियो।

 

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ६ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।