३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तस्विर अगाडि क्यामेरा राखेर फोटोपत्रकार केसीप्रति श्रद्धाञ्जली व्यक्त



२९ कात्तिक
काठमाडौं । फोटोपत्रकार रजेन्द्र केसीको १३ औं दिनको पूण्यतिथिमा राजधानीमा फोटोपत्रकारहरूले आफ्नो क्यामरा तस्विर अघि राखेर(क्यामेरा डाउन) सम्मानमा श्रद्धासुमन व्यक्त गरेका छन् ।
केसीको १३ औं दिनको पूण्यतिथिमा फोटोपत्रकार क्लब (पिजे क्लब) को आयोजनामा पत्रकार महासंघ परिसरमा शोक सभा तथा दीप प्रज्वलन कार्यक्रममा पत्रकार तथा फोटोपत्रकारहरुले दीप प्रज्वलनसँगै पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
शोक सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, वरिष्ठ फोटोपत्रकार विकास रौनियारलगायत फोटोपत्रकारहरू सहभागी थिए ।

उनी राजधानी दैनिक र अन्नपूर्ण पोस्टलगायत सञ्चारमाध्यमहरुमा करिव दुई दशकसम्म फोटोपत्रकारिता गरेका थिए भने पछिल्लो ६ वर्षदेखि उनी अमेरिका बस्दै आएका थिए । उनी नेपाल अमेरिका पत्रकार संघ (नेजा)मा सक्रिय थिए ।

उनको मेटास्टेटिक म्यालिग्नन्ट प्यानक्रियाटिक क्यान्सरको उपचारका क्रममा गतकात्तिक १७ गते निधन भएको थियो ।

 

 

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।