३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टुकुचाको ढलमा भेटिएको जीवाणु संक्रामक पोलियो नभएको पुष्टि



३० कात्तिक । टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ । थाइल्यान्डको ब्यांककमा गरिएको नमुना परीक्षणबाट टुकुचामा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन् ।

“टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्‍यो वा सरेन भन्ने यकिन गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमुना संकलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौँ,” उनले भनिन्, “यदि उक्त भाइरस संक्रमण भएको भए खोलाको ढलको नमुनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले संक्रमित होइन भनेर पुष्टि गर्‍यौँ ।”

गत असारमा काठमाडौं महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै वाग्मती र टुकुचाखोला संगमबाट नमुना संकलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमुना संकलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १२ : ५२ बजे