१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत्



३० कात्तिक । नेपाल आयल निगमले शनिबारदेखि लागू हुने गरेर डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो।

मूल्य वृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भवलारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५० रूपैयाँ ५० पैसा कायम भएको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५२ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १५३ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ९ : ४९ बजे