२ मंसिर । भक्तपुर चाँगुनारायणमा ट्याक्टर दुर्घटनामा परेर एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–५ पिखेलस्थित सडकमा चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना.२ त ९३४० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनापछि ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय हरी गोबिन्द सुवालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल हुँदै अन्नपुर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ५ जना मध्ये १ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
अन्य ४ जना यात्रीका उपचार पश्चात डिस्चार्ज भएका छन् ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
२ मंसिर २०८१, आइतबार
32
Shares
प्रतिक्रिया