८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पूर्वसभामुख ढुङ्गानाको अन्तिम विदाइ (तस्विरहरु)



३ मंसिर । पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली ज्ञानेश्वरस्थित सानो गौचरनमा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत राजनीतिक दलका नेता, कानून व्यवसायी, सरकारी निकायका उच्च पदाधिकारी र सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

८३ वर्षीय ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतवार निधन भएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण उनी केही समयदेखि उपचाररत थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।