७ मंसिर । आज काठमाडौंको तीन वटा ठाउँमा प्रदर्शन हुने भएको छ। विभिन्न पक्षले शुक्रबार एकैसाथ प्रदर्शन गर्न लागेका हुन् । नेकपा (एमाले) ले शुक्रबार जागरण सभा गर्न लागेको छ। एमालेले र्याली गरेर काठमाडौंको दरबारमार्गमा प्रदर्शन गर्दैछ।
त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको पनि प्रदर्शन छ। प्रसाईं हाल साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा छन्। तर उनको पूर्व निर्धारित प्रदर्शन हुन लागेको हो। प्रसाईंका पक्षधरलाई प्रशासन कार्यालयले काठमाडौंको कोटेश्वरमा अनुमति दिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर प्रसाईंका समर्थकहरुले प्रदर्शन गर्न लागेका हुन् ।
माइतीघरमा भने सहकारी पीडितसहित अन्य प्रदर्शन गर्दैछन् । सहकारी पीडितले सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने र बचत फिर्ताको माग गर्दै माइतीघर मण्डल केन्द्रित प्रदर्शन गर्दै आएका छन् ।
सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ ।
यद्यपि प्रदर्शन हुने क्षेत्रहरूमा सवारी चाप भने हुनेछ । आजको प्रदर्शन र सभाका कारण उपत्यकाको ट्राफिक दिनभर नै अस्तव्यस्त हुनेछ।
प्रतिक्रिया