६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध



७ मंसिर । काठमाडौँ उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मेवारी घरधनी आफैँले गर्नु अनुरोध गरिएको छ । काठमाडौँ उपत्यकामा खानेपानी हेर्दै आएको आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीबाट प्राप्त हुने खानेपानी वितरणका लागि उपत्यकाका विभिन्न स्थानमा बनाइएका वितरण सञ्जालहरुको अन्तिम परीक्षण र मिटर जडानको काम भैरहेको जनाउँदै आफ्नो जिम्मामा रहेका आयोजनाले जडान गरिदिएको मिटरको पूर्व सुरक्षाको उपायहरु अबलम्बन गर्न अनुरोध गरेको हाे ।
निर्देशनालयले व्यक्तिको परिचयपत्र हेरेर मात्र मिटरमा पहुँच दिन सम्बन्धित घरधनीहरुलाई आग्रह समेत गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्देशनालयले भनेको छः ‘आयोजनाको तर्फबाट निरीक्षण, अवलोकनका लागि कार्यालय वा निर्माण व्यवसायीका कर्मचारीहरु कोही आएमा कार्यालय तथा सम्बन्धित व्यक्तिको परिचयपत्र हेरेर मात्र मिटरमा पहुँच दिनुहुन आग्रह छ ।’

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।