९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


धरहरा परिसरमा प्रवेश,पार्किङ,फोटो खिच्न शुल्क तिर्नु पर्ने



काठमाडौं
आजबाट राजधानीको सुन्धारास्थित धरहरा चढ्न,भित्र प्रवेश गर्न, पार्किङलगायतका लागि शुल्क तिर्नु पर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धरहरा प्रवेशतगायतमा शुल्क निर्धारण गरेको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार धरहरा चढ्दा नेपालीलाई प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क लाग्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूलाई भने धरहरा चढ्दा ५० प्रतिशत छुट गरिएको छ । उनीहरुले १०० रुपैयाँ तिरेर धरहरा चड्न पाउछन् ।

सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रका पर्यटकहरुलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

साथै यसअघि निशुल्क पार्किङको व्यवस्था गरिएको धरहरा परिसरमा अव शुल्क तिर्नु पर्नेछ । धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ लाग्छ । धरहरा परिसरमा प्रवेश गर्न ५० रुपैयाँ शुल्क तोकिएको छ ।

धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।
गएको असोज ३ गतेदेखि परीक्षणका रूपमा निःशुल्क धरहरा भढ्न दिइएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : २० बजे