९ मंसिर । सिनामंगलको एक होटलमा श्रीमान्–श्रीमती मृत भेटिएका छन् । मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरले जनाएकाे छ ।
उनीहरू शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि शनिबार काठमाडौं फर्केका थिए ।
त्यसपछि जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
काठमाडौं महानगरपालिका–९ प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको घर भाडामा लिएर खोटाङका रामजी कटुवालले जन्मभूमि होटल सञ्चालनमा ल्याएका थिए । उनीहरू सोही होटलमा पौन ७ बजे पुगेका थिए । चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका थिए ।
प्रतिक्रिया