९ मंसिर । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश मनोज शर्माको एकल इजलासले अर्को सुनुवाइमा प्रसाईंलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो । शनिबार प्रसाईंका छोरा निराजनले प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका थिए ।
प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्याइएको छ । उनलाई १० दिन थुनामा राख्न सरकारी वकिलको कार्यालयले अनुमति माग गरेको छ । अदालतकाे लिखित आदेशपछि म्याद थपबारे निर्णय हुनेछ ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंसिर ४ मा सिआइबीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया