९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति



९ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्ने गरी नक्कली कागजात तथा श्रव्यदृश्य सामग्री उत्पादन गरी सामाजिक सञ्जालमा फैलाएको प्रसाईंमाथि आरोप छ । उनीमाथि विद्युतीय कारोबारसम्बन्धी (साइबर क्राइम) कसुरमा मुद्दा चलाउने तयारी छ । सरकारी वकिलको रोहबरमा उनको बयान भइसकेको छ ।

प्रसाईंलाई मंसिर ४ गते (मंगलबार) भक्तपुरस्थित उनकै निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएर साइबर ब्युरोलाई जिम्मा लगाएको थियो ।

यसैबीच, प्रहरीले उनलाई गैरकानुनी थुनामा राखेको भनी प्रसाईंका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवदेनमा सर्वोच्च अदालतले दुई दिनभित्र उपस्थित गराउन आदेश दिएको छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ७ : ०७ बजे