११ मंसिर ।काठमाडौंका विभिन्न स्थानमा आज ४ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
विद्युत् प्राधिकरणले काठमाडौं लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा मंगलबार बिजुली कटौती हुने भएको छ। ‘केबल लाइन’ विस्तारका लागि नेपाल यी क्षेत्रमा मंगलबार ४ घण्टा लाइन काट्न लागेको हो।
प्राधिकरणले सूचना प्रकाशन गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको छ।
काम निर्धारित समय अगावै सम्पन्न भएमा तोकिएभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने पनि प्राधिकरणले बताएको छ।
प्रतिक्रिया