८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्याप्ने बिनु यादव पक्राउ



११ मंसिर । सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्याप्ने बिनु यादव पक्राउ परेकी छिन् ।मंगलबार बिहान गेट नजिकै रहेको सर्वोच्चको बोर्डमा कालो मसी छ्यापेपछी उनलाई पक्राउ गरिएको हो । यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । रामेछापको मन्थलीका प्रदीप कठायतले बिनुसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए।

अदालतले सम्बन्ध विच्छेदको फैसला सुनाएपछि यसअघि अदालत परिसरमै विष सेवन गरेकी थिइन्। जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको उनको आरोप छ। बिनुले प्रदीपका काका व्यवसायी पवन कठायत विरुद्ध गत बैशाख ७ गते बलात्कारको प्रयास गरेको भन्दै जिल्ला अदालत रामेछापमा पनि मुद्दा दायर गरेकी छन्।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।