११ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश भुजेलले चलाएको गाडीले ठक्करबाट मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीसँग भेट गरेका छन्। ‘प्रचण्ड’ले सोमबार बेलुका कागेश्वरी मनोहरा नगरपालिका २ आलापोट पुगेर प्रचण्डले दुई बालिकासहित नगरकोटीको परिवारसँग भेट गरेका हुन्।
कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ३८ वर्षीय नारायण नगरकोटी र उनकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटीको मृत्यु भएको थियो।
भेटमा ‘प्रचण्ड’ले नगरकोटी दम्पतीको मृत्यु भएपछि दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफूसँगै रहने प्रतिबद्धता जनाएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया