२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं-१६ र कीर्तिपुरमा खटिए निर्वाचन अनुगमन टोली



१२ मंसिर । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको लागि काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा निर्वाचन अनुगमन टोली खटाएको छ।

मंसिर २ गतेदेखि लागु भएको आचारसंहिताको पालना भए/नभएकोबारे अनुगमनका लागि आयोगले दुई वटा ठाउँमा छुट्टाछुट्टै टोली परिचालन गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।

काठमाडौं-१६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा सशस्त्र प्रहरीका एसपी दिगविजय सुवेदी, उपसचिव सीतापुन श्रीष र एसपी सञ्जयसिंह थापा खटिएका थिए।

कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा उपसचिव थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरीका एसपी अशोक न्यौपानेको टोली खटिएको हो।

आचारसंहिताको उल्लंघन गरेको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न उक्त टोली खटिएको थियो।

त्यस्तै, आयोगले उपनिर्वाचनका लागि सबै ठाउँमा अनुगमन भइरहेको जनाएको छ। आचारसंहिताको उल्लंघन गरेमा उम्मेदवारी नै रद्द गर्न सक्ने पनि चेतावनी आयोगले दिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।