२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कलाकार विष्ट थाङ्का बेचेर कमाउछन् वार्षिक १५ लाख



धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ

धरान (सुनसरी)
बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका कलाकार राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आएका छन् । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आएका बिष्टले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका हुन् ।

बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । उनले घर खर्च यसैबाट जुटाउदै आएको बताउछन् । भन्छन्, ‘धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ”, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौँका साथै चीनको तिब्बत, हङकङ, , सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ ।

उनका अनुसार थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन् । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उनले बताएका छन् । उनले १० जनालाई रोजगारी पनि दिएका छन् । उनीसँग थाङ्का बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उनले सुनाएका छन् ।

एउटा थाङ्का चित्र बनाएर पहिलोपटक रु ५० हजारमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उनले रु चार हजारदेखि रु पाँच लाखसम्मका थाङ्का बिक्री गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ९ : १० बजे