२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा स्वास्थ्यकर्मीसँग रकम असुल्ने ३ जना पक्राउ



१३ मंसिर । भक्तपुरमा मेडिकल सञ्चालक स्वास्थ्यकर्मीलाई उपचारका लागि घरमा बोलाएर बलात्कारमा फसाइदिने धम्की दिई रकम असुल्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक लाभ लिने उद्देश्यले योजना बनाई स्वास्थ्यकर्मीलाई फसाउन खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ईलामको दानवारी गाविस–९ परिवर्तित माई नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई काठमाडौंको काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी र काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई भक्तपुरको मध्यपुरठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २६ वर्षीया वर्षा दर्जी छन् ।

पक्राउ परेकी वर्षाले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी आफू एक्लै भएको अवस्थामा स्वास्थ्यकर्मीलाई कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाइदिन्छु भनी डरत्रास देखाई १८ लाख रुपैयाँबाट ८ लाखमा कुरा मिलाएको प्रहरीले जनाएको छ । पक्राउ गरेका तीनै जनालाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।