२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘डोरी’मा प्रविण र अञ्जना, आज शुभ मुहूर्त सम्पन्न, आइतबारदेखि छायाङ्कन



‘डोरी’ चलचित्रमा रहस्यमय कथा, सामाजिक यथार्थवाद, र ‘सस्पेन्स क्राइम’को संयोजन गरिएको

काठमाडौं

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरु प्रविण खतिवडा र अञ्जना बराइली अनुबन्धित भएसँगै चलचित्र ‘डोरी’को शुभ मुर्हूत गरिएको छ ।
नयाँ नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको हो । आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने कार्यक्रममा जानकारी दिइएको छ ।

मुहूर्त कार्यक्रममा चलचित्रका प्रमुख कलाकार र टिमका सदस्यहरू अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतनलगायतका कलाकारहरूले पूजामा सहभागी थिए । चलचित्रको निर्देशन अरुण लामाले गर्दैछन् ।

निर्देशक लामाले चलचित्र ‘डोरी’ले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई कथा मार्फत जीवन्त बनाउनेछ दाबी गरे । “यस चलचित्रले दर्शकलाई आत्मसात् गराउनेछ, जहाँ उनीहरूले आफूलाई पात्रहरूमा देख्न सक्नेछन्,” उनले भने ।

चलचित्रकी प्रमुख अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्य गर्न पाउँदा रमाइलो लागेको बताइन् । भनिन्,‘मुहूर्तपछि ऊर्जा र उत्साहले भरिएकी छु, र यो चलचित्र सफल हुनेमा विश्वस्त छु ।”

अभिनेता प्रवीण खतिवडाले ‘डोरी’ले चलचित्रमा रहस्यमय कथा, सामाजिक यथार्थवाद, र ‘सस्पेन्स क्राइम’को संयोजन गरिएको खुलासा गरे

चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । चलचित्र ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा प्रदृशन लक्ष्य राखिएको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १ : २६ बजे