२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मकवानपुरमा कन्टेनर पल्टियो, क्रेनले सारेपछि दुवैतर्फ खुल्यो पूर्वपश्चिम राजमार्ग



१३ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, चुरियामाईनजिक बिहीबार बिहान कन्टेनर सडकै ढाकेर पल्टिँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग २ घण्टापछि खुलेको छ।

वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी बिहान १०:३० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिँदा राजमार्ग बन्द भएको थियो।

क्रेनको सहायताले उक्त लहरी ट्रक साइड लगाएर दुवैतर्फ यातायात सञ्चालनमा ल्याइएको मकवानपुर प्रहरी प्रवक्ता, डीएसपी श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनापछि २ घण्टाजति राजमार्ग बन्द भएको थियो। जसले गर्दा सयौँ गाडीको लाम लागेको थियो।

दुर्घटनामा लहरी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।