१४ मंसिर । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका प्रमुख पदका दुई उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान मानवलाई स्पष्टीकरण सोधेको हो । आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार उनीहरूले निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेकाले स्पष्टीकरण सोधिएको हो ।
‘अनुगमन टोलीको सिफारिसअनुसार उहाँहरूलाई स्पष्टीकरण सोधिएको हो ।’
प्रतिक्रिया