मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहान राजधानीको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा शतबीज छरिएको छ ।
पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिएको छ ।
तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा बाला चतुर्दशीको अवसरमा पितृका नाममा बत्ती बाल्न शुक्रबार राति आएका भक्तजनको घुइँचो । शुक्रबार राति पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार आज (चतुर्दशी) बिहान शतबीज छर्ने गरिन्छ । लेन्स :कृष्ण न्यौपाने/ रासस
रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका छन् ।
भक्तपुरको डोलेश्वर महादेव मन्दिर परिसरमा रातभर जाग्राम बसेर बालाचतुर्दशी पर्वका दिन शनिबार बिहान शतबीज छर्दै भक्तजनहरु । लेन्स :रमेश गिरी/ रासस
यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको छ ।
भक्तपुरको डोलेश्वर महादेव मन्दिर परिसरमा रातभर जाग्राम बसेर बालाचतुर्दशी पर्वका दिन शनिबार बिहान शतबीज छर्दै भक्तजनहरु । लेन्स : रमेश गिरी/ रासस
काठमाडौँको पशुपतिनाथ मन्दिरमा पितृका नाममा शुक्रबार बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार बिहान बाला चतुर्दशीका दिन बागमतीमा स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्दै भक्तजन ।लेन्स : हरिराम भेटुवाल / रासस
प्रकाशित मिति :
१५ मंसिर २०८१, शनिबार ९ :
५७ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया