२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कीर्तिपुर नगरपालिकाको मत गणना: काँग्रेस अगाडि , स्वतन्त्र उम्मेदवार पछाडि



उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गरेका छन्

काठमाडौं
काठमाडौंको कीर्तिपुर नगरपालिकामा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले सबैभन्दा धेरै मत पाएर अघि लागेका छन् भने एक स्वतन्त्र उम्मेदवारले पछ्याएका छन् ।

सोमबार विहानसम्म कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा(माओवादी केन्द्र)का शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गरेका छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।