११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


फोहोर गरेको भन्दै ईसीआई नेपाललाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना



१८ मंसिर । जागरण सभा राखेर फोहोर गरेको भन्दै सत्तारूढ दल नेकपा एमालेलाई एक लाख जरिवाना तिर्न बिल पठाएको काठमाडौँ महानगरपालिकाले ईसीआई नेपाललाई पनि ५० हजार तिराएको छ।

वडा नम्बर २६ नयाँ बजार अनुगमन गर्दा फोहोर देखिएकोले नियमित सरसफाइ गर्न श्री ईसीआई नेपाललाई महानगर प्रहरी बलले ५० हजार जरिवाना गराएको हो।

महानगरले पछिल्लो साउनयता जरिवानाबापत ७ लाख बढी जरिवाना तिराएको छ। महानगरमा विभिन्न कार्यक्रम राखेर फोहोर गर्ने र सरसफाइ नगर्ने निकाय तथा कम्पनीलाई जरिवाना गर्दै आएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ४ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।