२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


महाभारतमा स्वास्थ्य सामाग्री हरुतान्तरण



दुई थान अक्सिजन कन्सन्ट्रेटर, अल्ट्रासाउण्ड मेसिन, डेलिभरी सेटसहित रु ११ लाखबराबरको स्वास्थ्य उपकरण र रु तीन लाख बराबरका औषधि हस्तान्तरण

काभ्रेपलाञ्चोक
काभ्रेको दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकामा
स्वास्थ्य शिविरको शुभारम्भ गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले दुई थान अक्सिजन कन्सन्ट्रेटर, अल्ट्रासाउण्ड मेसिन, डेलिभरी सेटसहित रु ११ लाखबराबरको स्वास्थ्य उपकरण र रु तीन लाख बराबरका औषधि हस्तान्तरण गरेका छन् ।

यहाँ मङ्गलबारदेखि दुईदिने स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

विशेषज्ञ चिकित्सकसहित जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा उक्त गाउँपालिकाको वडा नम्बर ६ बनखुचौरमा आयोजित शिविरमा मेथिनकोट अस्पताल, बज्रबाराही अस्पताल, शिर मेमोरियल अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य चौकी, सिन्धुली अस्पताल, नेपाल परिवार नियोजन सङ्घमा आबद्ध विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीले सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति,स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रवाह गरिरहेका छन् ।

शिविरमा प्रयोगशाला परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड र निःशुल्क औषधि वितरण गरिएको छ । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानअन्तर्गत सेवा प्रवाह गरिएको हो ।

 

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : ३१ बजे